दोस्रो ६१ करोडभन्दा बढीको शेयर कारोबार, बैंकिङ सहित पाँच समूहको परिसूचक बढ्यो
काठमाडौं । बुधबार दोस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक शून्य दशमलव ४९ अंकले घटेर १ हजार ५६८ दशमलव १० विन्दुमा झरेको छ । परिसूचक घटेको यस अवधिमा सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य ६ अंक बढेर ३११ दशमलव ४७ विन्दुमा पुगेको छ ।
दोस्रो घण्टामा १९१ कम्पनीको ६१ करोड ८२ लाख ४८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म यी कम्पनीहरुको २३ लाख ३६ हजार २३४ कित्ता शेयर कारोबार भएको हो । बुधबार सर्वाधिक रकमको कारोबार भैरहेको सानिमा बैंकको दोस्रो घण्टामा ४ करोड ९४ लाख १६ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।
यस अवधिमा बैंकिङ सहित पाँच समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । बैंकिङको शून्य दशमलव शून्य १ प्रतिशत, व्यापारिकको शून्य दशमलव १४ प्रतिशत, होटलको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १५ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक बढेको हो ।
यस अवधिसम्म विकास बैंकको शून्य दशमलव ३३ प्रतिशत, वित्तको शून्य दशमलव ४६ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ९ प्रतिशत र म्यचुुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत परिसूचक घटेको छ । यो अवधिसम्म उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने स्थिर रहेको छ ।
प्रतिक्रिया