राष्ट्र बैंकद्वारा ५० हजार डलर भन्दा बढीको बिदेशी मुुद्राको सटही रोक्का
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलर भन्दा बढीको बिदेशी मुद्राको सटही सुबिधा हालको लागि रोक्का गरेको छ । नेपाल राष्ट्र बैंक अन्र्तगतको बिदेशी बिनिमय व्यवस्था बिभागले बैकिङ बिभाग लगायत सम्पुर्ण प्रदेशस्थित कार्यालयहरु ईजाजतप्राप्त ‘क’ बर्गका बाँणिज्य बैंकहरु र राष्ट्रियस्तरका ‘ख’ बर्गका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
परिपत्र अनुसार एकीकृत परिपत्र २०७६ मा संसोधन गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अन्र्तगत सरकारले समय समयमा निकासी पैठारी गर्न पुर्ण वा परिणात्मक बन्देज लगाएका वस्तुुहरु सोही बमोजिम हुुनेछ । साथै नधुल्याइएको मरिच, सुपारी, केराउ, छोकडा र अमेरिकी डलर ५० हजार भन्दा बढी मुल्यका सवारी साधानहरुको पैठारी अर्को व्यवस्था नभएसम्मको लागि पुर्णरुपमा बन्देज लगाईएको हुँदा सो को लागि बिदेशी मुद्राको सटही सुबिधा प्राप्त हुने छैन । तर भन्सार उपशिर्षक ०९०४.११.०० को नधुल्याएको मरिच अन्तरगत औद्योगिक कच्चा पदार्थकोरुपमा आवस्यक पर्ने मरिच सम्वन्धीत उद्योगको उत्पादन क्षमता र खपतको प्रवृतिको आधारमा उद्योग बिभागले प्रभाणि गरेको परिमाण बमोजिम सम्वन्धीत उद्योग आफैले आयात गर्ने प्रयोजनको लागि र बिदेशी कुटनीतिक नियोग, कुटनीतिक सुबिधा प्राप्त अन्तराष्ट्रिय सँघ संस्था र सो मा कार्यरत कुुटनीतिक सुबिधा प्राप्त बिदेशी कर्मचारीले नीजि प्रयोगको लागि ल्याउने ५० हजार अमेरिकी डलर भन्दा बढी मुल्यको सवारीसाधन पैठारी गर्ने प्रयोजनको लागि भने बिदेशी मुद्राको सटही सुबिधा प्रदान गर्न सकिने छ ।
प्रतिक्रिया