बिहीबार, वैशाख १३, २०८१

भोली पुनः बस्ने गरि नेकपा सचिवालय बैठक सम्पन्न, दुवै अध्यक्षको प्रतिवेदनमा छलफल

नेपालखोज २०७७ मंसिर १६ गते १७:३४

काठमाडौं । आन्तरिक किचलोमा रुमल्लिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केकसमेत काटिएको थियो । ६२ वर्षमा प्रवेश गरेका पौडेललाई नेताहरुले केक खुवाएर शुभकामना दिएका थिए।

दिउँसो १ बजेदेखि सुरु भएको बैठक झण्डै ३ घण्टा चलेको थियो । आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन् ।

नेकपा सचिवालयमा पत्रमार्फत् जवाफ दिने सिलसिला जारी छ । गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक डाक्न सहमतिको माग गर्दै ओलीलाई पत्र बुझाएका थिए । बैठक भोली पनि बस्नेछ ।

प्रतिक्रिया