बिहीबार, वैशाख १३, २०८१

सप्तरीको बोदेबर्साइनमा सानिमा बैंकको काउन्टर विस्तार

नेपालखोज २०७७ असोज २८ गते २०:२५

काठमाडौं । सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकको बोदेबर्साइन विस्तारित काउन्टर आज बुुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको समुद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुुन ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।

हाल सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया