बिहीबार, चैत १५, २०८०

आईपीएल २०२० : पञ्जाबसँग बेङ्ग्लोर पराजित

नेपालखोज २०७७ असोज ३० गते ६:५०

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा किंग्स ११ पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले बेङ्ग्लोरलाई ८ विकेटले हराएको हो।

१ सय ७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। पञ्जाबका लागि कप्तान केएल राहुलले अभिजित रहँदै ६१ रन जोडे। त्यस्तै, क्रिस गेलले ५३ तथा मयंक अग्रवालले ४५ रन बनाए।

बेङ्ग्लोरका लागि युजभेन्द्र चहलले एक विकेट लिए। यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो।
बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४८ रन जोडे।

त्यस्तै शिवम दुवेले २३ रन जोड्दा आरोन फिन्सले २० रन जोड्दा देवदत्त पार्डिकलले १८ बनाए। क्रिस मोरिस २५ रनमा अभिजित रहे। उता बेङ्ग्लोरका मोहम्मद समी र मुरुगन आश्विनले समान २र२ विकेट लिए। अर्सदीप सिंह र क्रिस जोर्डनले १र१ विकेट लिए।

 

प्रतिक्रिया