शुक्रबार, चैत १६, २०८०

डेढ करोड खाएर ‘स्मार्ट सिटी’ भित्रको जग्गा कित्ताकाट

नेपालखोज २०७७ असोज ३० गते १९:४२

काठमाडौं । नेपालमा मालपोत कार्यालयलाई घुस बिना काम नहुने अड्डा भनेर चिनिन्छ । टोखाको त्यही माल अड्डामा अहिले कित्ताकाटको सिजन नै चलेको रहेछ ।

सरकारले स्मार्टसिटीको जग्गा ८ आनाभन्दा कम कित्ताकाट नहुने र अहिले कित्ताकाट नै रोकिएको समयमा टोखा मालपोत कार्यालयका केही कर्मचारीले कित्ताकाट गरेर पैसा कमाउन थालेका छन् । स्रोतका अनुसार बुधवार मात्रै १ करोड ४० लाख रुपियाँ लिएर साबिक साङ्ला गाविसको करिब ५० वटा कित्ताकाट भएको छ ।

विगत ४ वर्षदेखि सो मालपोतको एउटै फाँटमा बसेर काम गरिरहेका कर्मचारीको मिलेमताेमा ५० कित्ताभन्दा धेरै जग्गा कित्ताकाट भएको स्रोतले बताएको छ । सरकारले स्मार्टसिटी बनाउने सहरभित्र कुनैपनि जग्गाको कित्ताकाट नहुने भनिरहको समयमा पैसा खाएर निरन्तर कित्ताकाट भइरहेको स्रोतले जानकारी दिएको छ ।

स्मार्ट सिटीका लागि काम गर्ने उपत्यका विकास प्राधिकरण र भूमि व्यवस्था विभागले निर्माणधीन स्मार्ट सिटीभित्र नै पैसा खाएर ८ आनाभन्दा कम जग्गा कित्ताकाट हुँदा कानमा तेल हालेर बसिरहेको छ । सरकारले कित्ताकाट रोकेको समयमा पैसा खाएर कित्ताकाट गराउनेहरुको पनि बिगबिगी नै छ ।

प्रतिक्रिया