शुक्रबार, वैशाख १४, २०८१

अर्मानिया–अजरबैजानद्वारा दोस्रो युद्धविरामको घोषणा

नेपालखोज २०७७ कार्तिक २ गते ७:३९

काठमाडौं । २१ दिनसम्म चलेको युद्धपछि अर्मानिया र अजरबैजान एक पटक पुनः विवादित नार्गोनो–काराबाख क्षेत्रमा युद्धविरामका लागि तयार भएका छन् ।

दुबै देशले यो युद्धविराम गए रातदेखिनै सुरु हुने बताएका छन् । यसअघि अर्मानिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए जुन भोलिपल्टै तोडिएको थियो ।

यद्यपि, युद्धविरामको नयाँ घोषणापश्चात् पनि दुबै देशका सेनाबीच झडप जारी छ । यसअघि शनिबारसम्म दुई देशले एक अर्कामाथि सम्झौताको उल्लंघन र हिंसाको आरोप लगाइरहेका थिए ।

नयाँ युद्धविराम अजरबैजानको विदेश मन्त्रालयल अक्टोबरमा दिइएको अमेरिकी, फ्रान्सेली र रुसी राष्ट्रपतिको बयान, पाँच अक्टोबरमा जारी गरिएको मिन्स्क ग्रुपको बयान र १० अक्टोबरमा भएको मस्को सम्झौतामा आधारित छ ।

प्रतिक्रिया