सोमबार, फागुन १४, २०८०

सञ्चारको पहुँचबाहिरको ताप्लेजुङको बस्ती ! (फोटो फिचर)

नेपालखोज २०७८ साउन ९ गते १९:४५

ताप्लेजुङ । समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती होे । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन् ।

फक्ताङलुङ गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुंग जिल्लाको उत्तर पुर्व भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुंग जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन, खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो ।

फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोहि अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२०१७ रहेको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वमा ताप्लेजुङ्ग जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका, उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिका सम्म फैलिएको छ ।

तस्बिर : रासस

प्रतिक्रिया