शुक्रबार, चैत १६, २०८०

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा थप दुुई वटा एक्सटेन्सन काउन्टर विस्तार

नेपालखोज २०७७ कार्तिक ३ गते १५:५९

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले दुई नयाँ एक्सटेन्सन काउन्टर भक्तपुरको शुकुलढोका र मच्छेगाउँ, चन्द्रगिरीमा खोलेर आफ्नो कार्यविस्तार गरेको छ । शुकुलढोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उपमहाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका हुन् ।

मच्छेगाउँ एक्सटेन्सन काउन्टरको संयुक्तरुपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बाग्मती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । नवस्थापित एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवाहरू प्रदान गर्नेछ र हाम्रा ग्राहकहरूलाई वित्तीय पहुच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पुरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्नेछ, बैंकले बिज्ञप्ती मार्फत भनेको छ ।

एनआईबीएलले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टरर ५६ शाखा विहीन बैंकिङ काउन्टरबाट ग्राहकलाई सहयोग पु¥याइरहेको छ । अनुकरणीय सेवा र व्यवसायका लागि बैंकलाई पाँच वटा बैंक अफ इयर अवार्ड प्राप्तकर्ता भएको यो बैंकलाई अन्तर्राष्ट्रिय प्रकाशन यूरोमीबाट बेस्ट बैंक २०१८ को लागि यूरोमोनी पुरस्कारबाट मान्यता प्राप्त थियो । यसबाहेक, आईसीआर एनेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिंग एजेन्सी नेपाल) ले बैंकलाई एको क्रेडिट रेटिंङ दिएको छ ।

प्रतिक्रिया