शुक्रबार, वैशाख ७, २०८१

ईटहरी उपमहानगरपालिकाका पार्किङबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ

नेपालखोज २०७७ कार्तिक ३ गते १७:१६

सुनसरी । ईटहरी उपमहानगरपालिका-६ स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको को.२४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवानगंज गाउँपालिका-३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेकाछन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया