शनिबार, जेठ ५, २०८१

चुम्बनका दृश्य हटाएपछि ‘परस्त्री’ले पायो प्रदर्शन अनुमति

नेपालखोज २०८० असार ८ गते १८:४८

काठमाडौं । ६ वटा दृश्यमा परिमार्जन गरेपछि नेपाली फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ । फिल्ममा प्रयुक्त हिंसा र चुम्बनका दृश्यमा आपत्ति जनाउँदै बोर्डले केही दिनअघि सच्याएर ल्याउन भनेको थियो ।

सेन्सरपछि फिल्मको लम्बाइ दुई घण्टा तय भएको पटकथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए । डीएस डिजिटलले निर्माण गरेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

सेन्सर पास भएसँगै फिल्मले प्यारेन्टल गाइड (पीजी) प्रमाणपत्र प्राप्त गरेको छ । फिल्मको पोस्टरदेखि ट्रेलरसम्मै अन्तरंग दृश्य समावेश थिए । यो फिल्म असार १५ गते रिलिजको तयारीमा छ ।

प्रतिक्रिया