बिहीबार, वैशाख १३, २०८१

मंगलबार एक घण्टामा ५.९२ अंक माथि उक्लियो शेयर बजार, होटल समूहको परिसूचकमा सर्वाधिक बृद्धि

नेपालखोज २०७७ कार्तिक ४ गते १२:२२

काठमाडौं । मंगलबार एक घण्टाको कारोबार अवधिमा शेयर बजार ५ दशमलव ९२ अंक बढेको छ । यो अवधिसम्म बजार १ हजार ५७६ दशमलव ३० विन्दुमा पुगेको हो । सोमबारदेखि उकालो लागेको बजारले मंगलबार पनि निरन्तरता दिइरहेको छ । एक घण्टासम्ममा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ अंक बढेर ३११ दशमलव ७५ विन्दुमा पुगेको छ । यो अवधिसम्म सर्वाधिक परिसूचक होटल समूहको बढेको छ । कारोबारमा आएका १२ समूहकै परिसूचक हरियो हुँदा होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ७ प्रतिशतले बढेको हो ।

मंगलबार एक घण्टामा १५८ कम्पनीको २२ करोड ३५ लाख ५४ हजार रूपैयाँ बराबरको १० लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ । यो अवधिसम्म सर्वाधिक रकमको कारोबार अरुण काबेली पावरको भएको छ । अरुण काबेली पावरको एक घण्टामा २ करोड २३ लाख ६१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । मंगलबारको कारोबारमा पनि जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया