शनिबार, जेठ ५, २०८१

१२ लाख कित्ता सेयर जारी गर्दै कालिञ्चोक दर्शन, बिक्री प्रबन्धक बन्यो नबिल इन्भेष्टमेन्ट

नेपालखोज २०७८ माघ १३ गते १७:३२

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । लिमिटेडले निष्कासन गर्नुपर्नेे १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताको लागि जारी गर्ने भएको हो । साधारण सेयर निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि कालिञ्चोक दर्शन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच बिहीबार द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया