शुक्रबार, चैत १६, २०८०

अरुको कुरा काटे जरिवाना तिर्नुपर्ने गाँउ

नेपालखोज २०७७ कार्तिक ४ गते १४:०१

ऐजेन्सी । हामी फुर्सदको समयमा प्राय: माेवाइल चलाउने कि त अरुको कुरा गर्ने गछौं । अरुको बारेमा नराम्रो टिप्पणी गर्नुलाई कुरा काटेको भन्ने गरिन्छ । तर, विश्वमा एउटा यस्तो गाँउ छ जहाँ अरुको कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

फिलिपिन्सको एउटा गाउँमा एक अर्काको कुरा काट्न प्रतिबन्ध लगाइएको हो ।मनिलाको उत्तरी क्षेत्रबाट करिब २ सय किलोमिटर टाढा रहेको सो गाउँमा त्यहाँका स्थानीय अधिकारीहरुले नयाँ कानून नै बनाएका हुन् । कसैको अनावश्यक कुरा काटेको थाहा भएमा कारवाही अनुरुप शहरको फोहोर टिप्न लगाइन्छ ।

पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिर्दै आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । मेयर र्‍यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने बताएका छन् ।

आफ्नो छिमेकी गाउँ मोरेनोमा पनि सन् २०१७ देखिनै सो कानुन लागु गरिएको गुइको बताए । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने फोहोरसमेत संकलण गरेका छन् ।

प्रतिक्रिया