आइतबार, वैशाख १६, २०८१

चीनले समुद्रमुनि बनाउँदैछ संसारकै ठूलो टेलिस्कोप

नेपालखोज २०८० कार्तिक ३ गते १४:२३

काठमाडौं । विश्वको एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो ।

संसारकै ठूलो पानीमुनिको सो टेलिस्कोपको चिनियाँ नाम हाई लिंग हो, जसको अर्थ सामुद्रिक घण्टा भन्ने हुन्छ ।

Trident को पूरा नाम Tropical Deep Sea Neutrino Telescope हो । यो टेलिस्कोप सन् २०३० सम्ममा तयार भैसक्नेछ । तत् पश्चात् यसले घोस्ट पार्टिकल (भूतकण) अर्थात् न्यूट्रिनोको खोज गर्नेछ ।

न्युट्रिनो ती भूतकण हुन् जसका १ खर्बवटा कण हरेक सेकेण्डमा हाम्रो सरीरको प्रतिवर्ग सेन्टिमिटरमा गुज्रिएका हुन्छन् । तर यसबारेमा हामीलाई केहीपनि थाहा हुँदैन, किनकि यी कण देखिँदैनन् ।

यी कणहरुमा अज्ञात विद्युतीय चार्ज हुन्छ, जसको मापन गर्नपनि सकिँदैन । यी कणहरु तौलविहीन हुन्छन् र कुनै पदार्थसँग रासायनिक अन्तरक्रिया पनि गर्दैनन् ।

तर यिनको गतिलाई कम गर्न सकिएमा ती कणको अध्ययन गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ । हाई लिंग टेलिस्कोप परियोजनाका प्रमुख वैज्ञानिक शू डोंगलियानका अनुसार

यसबाट हाम्रो ब्रम्हाण्डको उत्पत्तिको विषयमा खुलासा हुनेछ । साथै अन्तरीक्षमा हुने विस्फोटनहरु, प्रकाश तथा अन्धकारका साथै अन्तरीक्षमा हुने टकरावहरुको बारेमा पनि जानकारी प्राप्त हुनेछ ।

हाई लिंग टेलिस्कोप परियोजनाका प्रमुख वैज्ञानिक शू डोंगलियानका अनुसार पानीमुनिको उक्त टेलिस्कोपलाई सोही विषयमा अध्ययनका लागि प्रयोग गरिनेछ ।

कस्तो हुनेछ टेलिस्कोप ?

चीनको उक्त विशालकाय सामुद्रिक टेलिस्कोपमा २४ हजार भन्दा धेरै अप्टिकल सेन्सर जडान गरिनेछ जसलाई १२ सय ११ वटा डोरीमा बाँधिनेछ । ती सबै डोरीहरु २३ सय फिट अग्ला हुनेछन् जुन समुद्रको पिँधमा बाँधिएका हुनेछन् र टुप्पाको भाग भने समुद्रको माथिल्लो सतहतर्फ हुनेछ । यसले आफ्नो आसपासको ७.५ घनकिलोमिटरको इलाकामा न्यूट्रिनोको खोजी गर्ने बताइएको छ ।

अहिले विश्वमा न्यूट्रिनो पत्ता लगाउनका लागि जडान गरिएको सबैभन्दा ठूलो टेलिस्कोप अन्टार्कटिकाको एमन्डसेन स्कट दक्षिण ध्रुवीय स्टेशनमा रहेको छ । यसले १ घनकिलोमिटर क्षेत्रलाई समेट्न सक्छ । त्यसैले चिनिया हाई लिंग टेलिस्कोप यसभन्दा धेरै शक्तिशाली हुनेछ। चीनको यो परियोजनाको सुरुवात सन् २०२६मा सुरु भएर सन् २०३० मा पूरा हुने बताइएको छ ।

यत्रतत्र हुन्छन् भूतकण

न्यूट्रिनो अर्थात् भूतकण पृथ्वीको हरेक ठाउँमा हुन्छन् र पृथ्वीको हरेक दिशामा घुमिरहेका हुनछन् । संसारमा कुनैपनि यस्तो जीव छैन जसको सरीरमा भूतकण ठोक्किँदै सरीरलाई पार गरेर गएको नहोस् । ब्रम्हाण्डमा फोटोन्स पछि भूतकण अर्थात् न्यूट्रिनो नै सबैभन्दा धेरै पाइने उप पारमाणविक कण हुन् । यी कणको उत्पत्ति ताराहरुको परमाणु विस्फोट वा कुनै सुपरनोभा विस्फोटका कारण हुन्छ ।

साथै कस्मिक किरणहरु वा रेडियोधर्मी क्षयका कारण पनि न्युट्रिनो कण पैदा हुन्छन् । यसका अलावा पृथ्वीमा रहेका पार्टिकल एक्सीलिरेटर्स तथा न्यूक्लिएर रिएक्टर्सका कारण पनि न्युट्रिनोको सिर्जना हुन्छ । यी कुनै पदार्थसँग मिल्दोजुल्दो नहुनुका साथै निकै हलुका हुने भएकाले वैज्ञानिकहरुले यी कणलाई पक्रिन सक्दैनन् ।

न्यूट्रिनो अर्थात् भूतकण सबैभनदा पहिले सन् १९५६ मा पत्ता लगाइएको थियो । जब वैज्ञानिकहरुले यिनको बारेमा अध्ययन गर्न सुरू गरे तब यी कणहरु सूर्यको तर्फबाट आउने तथ्य पत्ता लाग्यो ।

World's Largest Underwater Telescope

तर चिनिया हाईलिंग टेलिस्कोपले समुद्रको गहिराईबाट ती न्युट्रिनोहरु पत्ता लगाउनेछ जो कस्मिक किरणको कारण पैदा हुन्छन् । कस्मिक किरणहरुबाट पनि ठूलो मात्रामा न्यूट्रिनो पैदा भैरहेका हुन्छन् ।

न्यूट्रिनो कुनैपनि पदार्थको भित्र छिरेर निस्किन सक्दछन् । यहाँसम्म कि यी कणहरु हाम्रो पृथ्वीलाई एकातर्फबाट अर्कोतिर पार गर्न सक्दछन् । यी कणले पानी तथा बरफलाई समेत पार गर्दछन् । त्यहाँ ती कणले उपउत्पादन तयार गर्दछन् जसलाई muons भनिन्छ ।

समुद्र मुनिको टेलिस्कोपले सोही म्युवन्सको अध्ययन गर्नेछ । पानी वा बरफसँग न्युट्रिनो ठोक्किँदा उत्पन्न हुने प्रकाशसँगै उप पारमाणविक पदार्थ muons निस्किन्छ । 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया