मंगलबार, वैशाख ४, २०८१

मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम १ अर्बभन्दा माथि

नेपालखोज २०७७ कार्तिक ४ गते १५:५६

काठमाडौं । सोमबारदेखि उकालो लागेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको छ । मंगलबार १२ दशमलव ४७ अंक बढेर नेप्से परिसूचक १ हजार ५८२ दशमलव ८४ विन्दुमा पुगेको हो । सोमबार पनि बजार १३ दशमलव ५८ अंक बढेर १ हजार ५७० दशमलव ३८ विन्दुमा बन्द भएको थियो । यस दिन नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव ४० अंकले बढेर ३१३ दशमलव २९ विन्दुमा पुगेको हो ।

मंगलबार बजार बन्द हुदाँ कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । यो दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १ दशमलव ९६ प्रतिशतले बढेको हो । त्यस्तै बैंकिङ्को शून्य दशमलव ५९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ४८ प्रतिशत, होटलको शून्य दशमलव ९१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९६ प्रतिशत, वित्तको शून्य दशमलव ४६ प्रतिशत, निर्जीवनको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८१ प्रतिशत, अन्यको १ दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७७ प्रतिशत र म्युचुअल फण्डको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

सोमबारको तुलनामा मंगलबार परिसूचकसँगै कारोबार रकममा पनि बृद्धि देखिएको छ । सोमबार ९७ करोड ९० लाख ९४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार भने यो रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार रूपैयाँ रहेको छ । यस दिन सबैभन्दा बढी रकमको शेयर कारोबार अरुण काबेली पावरको भएको छ । अरुण काबेली पावरको ८ करोड ८२ लाख ९२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको अरुण काबेली पावरको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता ९ रूपैयाँले बृद्धि भई अन्तिम मूल्य प्रतिकित्ता २६८ रूपैयाँ पुगेको छ ।

कारोबारमा आएका १२ समूहकै परिसूचक बढेको दिन मंगलबार चार कम्पनीहरुको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यस दिन जनरल इन्स्योरेन्स, माउण्टेन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९१ बढेर अन्तिम मूल्य प्रतिकित्ता ४८८ पुगेको छ । त्यस्तै माउण्टेन हाइड्रोको शेयरमूल्य ९ दशमलव ६६ प्रतिशतले बृद्धि भई अन्तिम मूल्य १९३ रूपैयाँ, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ६० प्रतिशत बढेर अन्तिम मूल्य १३७ रूपैयाँ र जोशी हाइड्रोको शेयरमूल्य पनि ९ दशमलव ४० प्रतिशतले बढेर अन्तिम मूल्य १२८ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया