बिहीबार, वैशाख १३, २०८१

बिहिबार २ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

नेपालखोज २०७७ कार्तिक ५ गते १७:४३


काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्तिक ६ गते अर्थात बिहिबार २ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति कार्तिक १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र ३ सय ६४ दिने अवधिको २ अर्ब रुपैयाँको रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं २०७७ माघ १३ गते तोकिएको छ भने ३ सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कार्तिक ९ गते तोकिएको छ । यसअघि यही कार्तिक ३ गते पनि राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया