शुक्रबार, चैत १६, २०८०

लोकप्रिय गायक इन्द्रजित मिजारको ‘जुनमा हेरू तिमीलाई’ सार्वजनिक

नेपालखोज २०७७ कार्तिक ५ गते २०:१४

काठमाडाैं । वरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ’जुनमा हेरू तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ ।

गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् । चलचित्र देउतामा समावेश ‘अब यो बाटो मेरो हो ’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गरेका छन् ।

नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् । समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

विकाश दहालले भिडियो सम्पादन गरेका हुन् । श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार लोहारको अफिसिएल च्यानल गोलो प्रोडक्शन मार्फत भिडियो सार्वजनिक भएको हो ।

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।

आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया