बिहीबार, चैत १५, २०८०

दसैं अघिको अन्तिम कारोबार दिन दोस्रो घण्टामा नेप्से ६.२९ अंक बढ्यो, कारोबार रकम करिब ८५ करोड

नेपालखोज २०७७ कार्तिक ६ गते १३:१९

काठमाडौं । दसैं अघिको अन्तिम कारोबारको दिन बिहीबार दोस्रो घण्टाको कारोबारमा शेयर बजार ६ दशमलव २९ अंक बढेर १ हजार ६०४ विन्दुमा पुगेको छ । यस अवधिमा सेन्सेटिभ इन्डेक्स १ अंकले बढेर ३१७ दशमलव ६५ विन्दुमा पुगेको छ । यो साता दोस्रो कारोबार दिन सोमबारदेखिनै बजार निरन्तर बढृेको हो ।

बिहीबार दोस्रो घण्टामा १७८ कम्पनीको ८४ करोड ९० लाख ६८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा उक्त रकम बराबरको २७ लाख २५ हजार ७६६ कित्ता शेयर खरिद विक्री भएको हो । बुधबार १४ प्रतिशत लाभांश सार्वजनिक गरेको कुमारी बैंकको बिहीबार सर्वाधिक रकमको कारोबार भएको छ ।

दोस्रो घण्टामा कुमारी बैंकको ९ करोड ४० लाख १२ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो । यो दिन जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने राधी विद्युतको शेयरमूल्य सर्वाधिक ४ दशमलव १५ प्रतिशतले घटेको छ । बिहीबार सर्वाधिक ब्यापारिक समूहको परिसूचक बढेको छ । दोस्रो घण्टाको कारोबार अवधिमा अन्य समूह, लघुवित्त समूह, जीवन बीमा समूह र म्युचुअल फण्डको परिसूचक भने घटेको छ ।

प्रतिक्रिया