शुक्रबार, वैशाख १४, २०८१

सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता

नेपालखोज २०७७ कार्तिक ६ गते १६:३१

झापा । सहारा बचत तथा ऋण सहकारी संस्थाले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वितरण गरेको छ ।

विर्तामोडमा प्रधान कार्यालय रहेको उक्त संस्थाले आफ्नो सदस्य रहेका ५८ वर्ष नाघेका एकल पुरुष र सबै उमेरका एकल महिलालाई भत्ता दिएको हो ।

संस्थाका अनुगमन अधिकृत घनश्याम रायाका अनुसार ५८ वर्ष नाघेका एकल पुरुषलाई वार्षिक रु ६ हजार र एकल महिलालाई वार्षिक रु ८ हजारका दरले भत्ता दिइएको छ । ५१० एकल महिला र ६ एकल पुरुषले भत्ता पाएका छन् । यसवर्ष दशैँको मुखमा चाँडवाड मनाउन सहज होस् भनेर वार्षिक हिसाबले भत्ता वितरण गरेको संस्थाका सचिव महेन्द्र गिरीले बताए ।

यसवर्ष रु ४० लाख ८० हजार सामाजिक सुरक्षा भत्ता घरघरै पुगेर वितरण गरिएको गिरीले जानकारी दिए ।

प्रतिक्रिया