आइतबार, पुष ६, २०८२

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन

नेपालखोज २०७७ कार्तिक ७ गते ७:५४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिन नहुने भएको छ ।

मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको छ भने कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन गर्दा थप परिमार्जन गरेर गरिने प्रवक्ता डा. गौतमले बताए ।

स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ८ सय १२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया