मंगलबार, वैशाख ११, २०८१

नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै

नेपालखोज २०७७ कार्तिक ७ गते ९:०५

काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ । आज दिउँसो हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।

यसवर्षको फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ । अघिल्ला वर्षहरुमा सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।

कोरोनाको सङ्क्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मक रूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । कार्यक्रममा सहभागी हुनेहरुलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

प्रतिक्रिया