आइतबार, पुष ६, २०८२

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

नेपालखोज २०७७ कार्तिक ७ गते १४:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज अपराह्न ४ बजेर पछि देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ४ बजे पछि प्रधानमन्त्रीको सम्बोधन हुने जानकारी दिएका छन् । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट हुने थापाले बताएका छन् । प्रधानमन्त्री ओलीले दसैंको अवसरमार शुभकामना दिने र समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ ।

कोरोना संक्रमणबारे र पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने सम्भावना रहेको छ । 

प्रतिक्रिया