शुक्रबार, वैशाख १४, २०८१

क्लिन फिड गरिएपछि १२० विदेशी च्यानल बन्द

नेपालखोज २०७७ कार्तिक ८ गते १४:१९

काठमाडौं । विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) गरिएपछि १२० वटा च्यानल बन्द भएका छन् । समयमा नै व्यवसायी र ती च्यानलले पर्याप्त तयारी नगर्दा दर्शकले हेर्न नपाउने भएका हुन् ।

सरकारले विदेशी च्यानल विज्ञापनरहित बनाउन व्यवसायीहरुलाई यसअघि नै एक वर्षको समय दिएको थियो । तर, आवश्यक तयारी नगरेपछि गए रातिबाट अनिवार्य रुपमा ‘क्लिन फिड’ नीति लागू हुँदा धेरै च्यानल बन्द भएका छन् ।

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अनुसार परीक्षणमा रहेका केही अमेरिकी च्यानल एक साताका लागि विज्ञापनसहित आउन सक्ने भए पनि क्लिन फिड लागू गर्न नसकेका १०० भन्दा बढी विदेशी च्यानल बन्दै हुने छन् । महासंघ अध्यक्ष ध्रुव शर्माकाअनुसार विदेशी च्यानलले क्लिन फिड उपलब्ध गराउन सक्ने अवस्थामा करीब १० दिनपछि केही टेलिभिजन हेर्न पाइनेछ ।

सुबिसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीका अनुासार भारतीय टेलिभिजन नेटवर्क ’जी’ र ’सोनी’को प्याकेजअन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएका छन्। क्लिन फिड नभएर नआएका कारण स्टार, डिस्कभरी, बीबीसी, सीएनएन, कलर्सलगायत चर्चित च्यानलहरु बन्द भएका छन् ।

प्रतिक्रिया