बुधबार, वैशाख १२, २०८१

भारतीय सैन्य प्रमुख नरवाणे नेपाल आउँदै

नेपालखोज २०७७ कार्तिक ११ गते ९:१८

काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी नोभेम्बर ४ देखि नरवाणेको नेपाल भ्रमण तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

गत साता भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आए लगत्तै भारतीय अर्को सुरक्षा निकाय प्रमुखको नेपाल भ्रमण हुन लागेको हो ।
गोयलले प्रधानमन्त्रीसँग गरेको भेट कुटनीतिक मर्यादा विपरित भएको भन्दै नेपालमा चर्को आलोचना भइरहेको छ ।

पीटीआईका अनुसार नरवाणेले नेपालमा तीनदिन बिताउँने छन् । त्यस क्रममा उनले नेपालका समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उच्च पदस्थ व्यक्तिसम्म भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र भारतबीच कालापानी लगायत क्षेत्रमा सिमा विवाद रहेका बेला भारतीय सैन्य प्रमुखको नेपाल भम्रणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नरवाणेले नेपाल भारत खुला सिमालाई व्यवस्थित गर्ने लगायत विषयमा नेपाली अधिकारीसँग छलफल गर्ने पीटीआईले जनाएको छ ।

प्रतिक्रिया