आइतबार, पुष ६, २०८२

कोरोना कहरकैबीचमा स्वदेश फर्किए १ लाख २२ हजार बढी नेपाली

नेपालखोज २०७७ कार्तिक ११ गते १०:४५

काठमाडौं । कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् ।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्डर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ ।

हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक र मलेसियाबाट रहेका छन् । केन्द्रका अनुसार अफगानिस्तानबाट ५० नेपाली स्वदेश फर्किएका छन् । यस्तै अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २ हजार २१६, कतारबाट २२ हजार ५९४, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ नेपाली फर्किएका छन् ।

यसैगरी जापानबाट ३ हजार ५४१, थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३० नेपाली फर्किएका छन् । यस्तै मलेसियाबाट १७ हजार ९२४, माल्दिभ्सबाट १ हजार २६, श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ४१७ नेपाली फर्किँदा साउदी अरेबियाबाट १७ हजार १६०, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११ नेपाली स्वदेश फर्किएका छन् ।  

प्रतिक्रिया