नेकपाको केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित
नेपालखोज
२०७७ कार्तिक १२ गते १४:११
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित गरिएको छ ।
कात्तिक १५ गतेका लागि आयोजना गरिएको बैठक मंसिर १५ सम्मका लागि सारिएको केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
स्थगित गरिएको बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको छ ।
कोभिड १९ को महामारीको प्रकोपको कारण देखाउँदै कात्तिक १५ गतेदेखि बोलाइएको बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया