शुक्रबार, वैशाख १४, २०८१

सिद्धार्थ बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाईनबाट

नेपालखोज २०७७ कार्तिक १४ गते १३:०४

काठमाडौं । सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अब अनलाईनबाटै आवेदन दिन सकिने भएको छ । बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यही कार्तिक १३ गते बिहिबारदेखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको हो ।

यो व्यवस्थापछि अब क्रेडिट कार्डका लागि ग्राहकहरुले भौतिकरुपमा बैैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहजरुपमा अनलाईनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिएपश्चात क्रेडिट कार्ड स्वीकृत गर्नु पूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्र्पक गर्न सक्नेछ । साथै, कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया