बिहीबार, वैशाख १३, २०८१

भारतमा थप ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ कार्तिक १५ गते १०:१७

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

एएनआइका अनुसार ४८ हजार २६८ जनामा संक्रमण देखिएको हो। यससँगै भारतमा कूल संक्रमितको संख्या ८१ लाख ३७ हजार ११९ पुगेको छ।

यस्तै, थप ५५१ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। हालसम्म भारतमा संक्रमणका कारण १ लाख २१ हजार ६४१ जनाको मृत्यु भइसकेको छ।

२४ घण्टामा ५९ हजार ४५४ जना संक्रमण मुक्त भएसँगै कूल ७४ लाख ३२ हजार ८२९ जना डिस्चार्ज भएका छन्। अहिले भारतभर ५ लाख ८२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया