बिहीबार, चैत १५, २०८०

१ हजार १ सयमा श्रीमान बेच्ने महिला

नेपालखोज २०७७ कार्तिक १६ गते १२:१७

एजेन्सी । एडना नाम गरेकी एक महिलाले आफ्नै श्रीमानलाई १ हजार १ सयमा बेचेकी छिन्। परस्त्रीसँग लागेको थाहा पाएपछि केन्यामा बस्दै आएकी ती महिलाले श्रीमानलाई सबक सिकाउनका लागि परस्त्रीलाई १ हजार १ सय ३२ मा बेचिदिएकी हुन्।

ती महिलाले परस्त्रीसँग श्रीमानलाई आपत्तिजनक अवस्थामा भेटेपछि घरबाटै निकाली दिएकी थिइन्। त्यो भन्दा पहिले उनले आफ्नो सौतालाई १७ डलर लिएर श्रीमान छोड्न आग्रह गरेकी थिइन् तर सौताले उल्टै एडनालाई म तलाई १७ डलर दिन्छु तेरो श्रीमान छोड भने पछि उनले यस्तो कदम बढाएकी हुन्। उनले जति पैसामा श्रीमान बेचिन त्यो सबै पैसाले बच्चालाई कपडा किनिदिएको उनको भनाइ छ ।

प्रतिक्रिया