बिहीबार, चैत १५, २०८०

सोमबार नेप्से ३.३३ बिन्दुले ओरालो लाग्यो

नेपालखोज २०७७ कार्तिक १७ गते १७:३४

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ । कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर रु २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ मूल्यमा खरिद बिक्री भए ।

सोमबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ उपसमूहको शेयर भने ओरालो लागेको छ भने ८ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ । व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा सोमबार प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४० लाख ९७ हजार ७१८ बराबरको कारोवार भयो । यस्तै नेपाल बैंक रु ८ करोड १६ लाख ९३ हजार २०५, एचाआइडिसिएल रु ८ करोड ८२ लाख ५३७, प्रभु बैंक रु ७ करोड ५९ लाख ५७ हजार ९९७, ग्लोबल आइएमइ बैंक रु ६ करोड ८४ लाख ३९ हजार ३०१, फष्ट माइक्रोफाइनान्स रु ६ करोड ७८ लाख आठ हजार ४४९ र डिप्रोक्स लघुवित्त रु ६ करोड ७६ लाख ११ हजार ४४७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा विशाल बजार कम्पनी ९.९७, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ९.९५, गुराँस लघुवित्त ९.९४, शिव श्री हाइड्रोपावर ९.६६, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.४८, समिट लघुवित्त वित्तीय संस्था ७.३९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.२७ प्रतिशतले कमाएका छन् ।

यस्तै जनरल इन्स्योरेन्स कम्पनी ३.१४, सिटिजन बैंक २.११, ग्लोबल आइएमई बैंक २.०२, बरुण हाइड्रोपावर २.०२, सप्तकोशी डेभलपमेन्ट बैंक १.७६, सिनर्जी पावर १.७२ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १.७० प्रतिशतले गुमाए ।

प्रतिक्रिया