शनिबार, जेठ ५, २०८१

नेप्सेको बृद्धिमा लाग्यो ब्रेक : झण्डै २२ अंकले घट्दा एक अर्ब १२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ भदौ १५ गते १८:०१

काठमाडौं । नेप्सेको बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन दुई दिन लगातार बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने २१ दशमलव ९७ अंकले घटेर एक हजार नौं सय ७३ दशमलव ३८ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ अंकले घटेर तीन सय ८४ दशमलव ५९ अंकमा झरेको छ । दुई सय २४ वटा कम्पनीहरुको २९ हजार पाँच सय ८४ पटकको कारोबारमा २९ लाख ९२ हजार आठ सय ७३ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब १२ करोड ६२ लाख १७ हजार आठ सय ६२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव सात अंकले घटेर एक हजार तीन सय ३० दशमलव ९९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुुचक पनि ६५ दशमलव ९७ अंकले घटेर तीन हजार पाँच सय १३ दशमलव ९७ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ७५ अंकले घटेर दुई हजार दुई सय ४२ दशमलव ७३ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ४८ दशमलव ५७ अंकले घटेर सात हजार सात सय सात दशमलव ३७ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३७ दशमलव ४४ अंकले घटेर नौ हजार दुई सय २९ दशमलव ७४ अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मुल्य १० प्रतिशतले बढेर दुई सय ५४ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ८६ प्रतिशतले घटेर तीन सय ३८ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता नौं सय २७ रुपैैंयाँ ९० पैसा अन्तिम मुल्यमा १० करोड ७४ लाख ८३ हजार छ सय २१ रुपैंयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया