नेप्से २६ सय ८२ बिन्दुमा, २८ अर्ब ७० करोडको कारोबार
काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार छ सय ८२ दशमलव २९ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५८ दशमलव २२ बिन्दुमा कायम भएको छ । धितोपत्र बजारमा यो साता तीन सय २१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् ।
जसअनुसार तीन लाख २० हजार तीन सय ४५ पटकको कारोबारमा छ करोड १४ लाख ४१ हजार नौं सय ८५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ७० करोड ८२ लाख ९१ हजार तीन सय छ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १७ अर्ब रुपैंयाँले कम हो । गत साता धितोपत्र बजारमा तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।
जसअनुुसार चार लाख ५९ हजार ११ पटकको कारोबारमा नौ करोड ५० लाख ६८ हजार नौं सय ५६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४५ अर्ब ३९ करोड ७३ लाख ४८ हजार ६६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक चौंथो दिन भने उकालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ४५ दशमलव ३९ अंकले ओरालो लागेर २६ सय ८९ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ९६ अंकले ओरालो लागेर चार सय ५७ दशमलव शुन्य चार बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक १२ दशमलव ८४ अंकले ओरालो लागेर २६ सय ७६ दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ६७ बिन्दुमा झरेको थियो । तेस्रोे कारोबार दिन पनि नेप्से परिसुचक छ दशमलव ३२ अंकले ओरालो लागेर २६ सय ६९ दशमलव ८२ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ९१ बिन्दुमा झरेको थियो ।
चौंथो कारोबार दिन भने नेप्से परिसुचक ४५ दशमलव ८८ अंकले उकालो लागेर २७ सय १५ दशमलव ७१ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले उकालो लागेर चार सय ६४ दशमलव ६६ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने नेप्से परिसुचक ३३ दशमलव ४२ अंकले ओरालो लागेर २६ सय ८२ दशमलव २९ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४४ अंकले ओरालो लागेर चार सय ५८ दशमलव २२ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल फाईनान्स, जानकी फाईनान्स, एनआईसी एशिया बैंक अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२१ ८१४०४ १७३९२२४४ ७४६०३०४९९९.५५
दोस्रो दिन ३१७ ६२७५८ ११५२३००३ ५६२९९४५८२२.०९
तेस्रो दिन ३०३ ५२७०५ ८७६८५६६ ४४१३३२०२९०.८१
चौंथो दिन ३०८ ५६३५० ११३८६८५४ ५०५०६५४४५०.१०
पाँचौं दिन ३०४ ६७१२८ १२३७१३१८ ६१४४०६५७४४
कुल ३२१ ३२०३४५ ६१४४१९८५ २८७०८२९१३०६.५५
(श्रोत:नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया