कोरोनाका कारण पूर्वसभामुख महराकी पत्नीको निधन
नेपालखोज
२०७७ कार्तिक १९ गते ८:५९

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको कोरोनाभाइरसका कारण निधन भएको छ ।
दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई गएको १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि १४ गते हेलिकोप्टरबाट काठमाण्डौ ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनि १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मिएकी सीताको महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।
सम्बन्धित
प्रतिक्रिया