शनिबार, वैशाख ८, २०८१

बुधबार प्रि-ओपनिङ्गमा १४ कम्पनीको शेयरमूल्यमा बृद्धि

नेपालखोज २०७७ कार्तिक १९ गते ११:५३

काठमाडौं । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका २३ कम्पनीमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । ४ कम्पनीके शेयरमूल्य स्थीर रहेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा २३ कम्पनीका ३ हजार ९४२ कित्ता शेयर ९ लाख ६४ हजार ३०५ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से २.५० अंकले बढेर १ हजार ६४५ दशमलव ५३ बिन्दुमा बन्द भएको छ ।

बुधबारबाट कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको बुधबार नेप्सेको स्पेशल प्रि-ओपनिङ्ग सेसनमा २० कित्ता शेयर ३११ रुपैयाँ दरमा कारोबार भएको छ । कम्पनीको अधिकतम कारोबार रेञ्जमा कारोबार भएको हो ।

प्रतिक्रिया