बुधबार, वैशाख १२, २०८१

साताको पहिलो दिन नेप्सेमा उच्च अंकको वृद्धि

नेपालखोज २०७७ माघ ४ गते १६:२७

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । नेप्से आज २८ दसमलव ४६ अंकले बढेर २३ सय १५ अंकमा पुगेको छ । नेप्सेको सेन्सिटिभ इन्डेक्स पनि ८ दसमलव १५७ अंकले बढेर ४ सय ४३ दसमलव ४२ अंकमा पुगेको छ ।

नेप्सेमा आज २०८ वटा कम्पनीहरुको ५० हजार ६ सय ७ पटकको कारोबारमा एक करोड ५० लाख ३५ हजार २ सय २१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार सात सय ८२ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोबार भएकोमा जलविद्युुत समूहको सुचक घटेर बाँकी समूहको सुचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सुचक १ दसमलव १ अंकले बढेर १७ सय ३५ दसमलव ५७ अंकमा चढेकोमा निर्र्जिवन बीमा समूहको सुचक पनि ७८ दसमलव ५ अंकले बढेर १० हजार ७ सय ५४ दसमलव ८६ अंकमा पुुगेको छ । यी बाहेक विकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहहरुको सुचक पनि बढेका छन् ।

आज साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात हजार छ सय २३ रुपैयाँमा कारोबार हुँदा युनाईटेड फाईनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दसमलव ७१ प्रतिशतले घटेर तीन सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाल टेलिकमको भने आज प्रतिकित्ता १३ सय ५९ रुपैयाँ अन्तिम मूल्यमा ५८ करोड १० लाख १२ हाजार ६६ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया