शुक्रबार, वैशाख ७, २०८१

रिलायन्स लाइफद्वारा इण्डोमेन्ट बीमा योजना सार्वजनिक

नेपालखोज २०७७ कार्तिक १९ गते १४:५२


काठमाडौं । रिलायन्स लाइफइन्स्योरेन्स कम्पनीले लिमिटेड इण्डोमेन्ट नामक बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।

यस योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा विमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ती पश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने जानकारी पनि कम्पनीले दिएको छ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. ५० हजार कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ । यो योजना सँगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया