बिहीबार, वैशाख ६, २०८१

भारतीय स्थलसेनाध्यक्ष नरवणेले गरे वसन्तपुर र पशुपतिक्षेत्रको अवलोकन

नेपालखोज २०७७ कार्तिक १९ गते १९:५८

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनि आजै काठमाडौं आइपुगेका हुन् । भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी धर्मपत्नी विना पनि आएकी छन् ।
उनले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरेका छन् ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई भोली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।

प्रतिक्रिया