शुक्रबार, वैशाख ७, २०८१

एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश वितरण घोषणा

नेपालखोज २०७७ कार्तिक २० गते ११:३७

काठमाडौं । एभरेष्ट बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते सम्पन्न ३२२ औँ बैठकले बैंकको सञ्चितनाफाबाट शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ बाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १०.५३ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस शेयर र कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ रहेको छ । बोस पूँजीकरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ रुपैयाँ पुग्नेछ ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया