राष्ट्र बैंकले ९६ दिनको लागि बैंकिङ प्रणालीबाट पुन: तान्यो ४० अर्ब रुपैयाँ

नेपालखोज २०८३ वैशाख २५ गते १७:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ४० अर्ब रुपैंयाँ तानेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तानेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि ९६ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती साउन २७ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया