स्रोत नखुलेको ४० लाख नगद सहित एक पक्राउ

नेपालखोज २०७७ कार्तिक २१ गते १५:४९

काठमाडौँ । स्रोत नखुलेको रु ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् ।

बुटवलबाट आएको रात्रिबसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरिएको हो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

प्रतिक्रिया