प्रिमियर लिग : टोटनहमको साँघुरो जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा टोटनहमले वेस्ट ब्रोममाथी साँघुरो जित निकालेको छ । आइतबार बेलुका भएको खेलमा टोटनहमले वेस्ट ब्रोममाथी १–० को साँघुरो जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्ट्राइकर ह्यारी केनले गोल गर्दै टोटनहमलाई साँघुरो जित दिलाएका हुन् । उनले खेल सकिन दुई मिनेट बाँकी रहँदा निर्णायक गोल गरेक थिए ।
खेलको ८८ औं मिनेटमा डोहेर्टीको पासमा केनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । यसअघि वेस्ट ब्रोमको डिफेन्सलाई पार गर्न नसकेको टोटनहमले अन्तिम समयमा जित निकालेको हो ।
केनको निर्णायक गोलसँगै टोटनहामले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आठ खेल खेलेको टोटनहम १७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पराजित वेस्ट ब्रोम भने रेलिगेसन जोनमा हरेको छ ।
समान खेल खेलेको वेस्ट ब्रोमले तीन खेल बराबरी र पाँच खेलमा हार व्यहोर्दै तीन अंक जोडेर रेलिगेसन जोनमा रहेको हो ।
प्रतिक्रिया