बुधबार, असार ४, २०८२

ग्लोबल बैंकले ३ महिनामा कमायो १ अर्ब ५ करोड बढी, वितरणयोग्य नाफा भने २२ करोड ६१ लाख रुपैयाँ मात्र

नेपालखोज २०७७ कार्तिक २७ गते १६:२१

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १८ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा दुई खर्ब २४ अर्ब २३ करोड ७५ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब ७३ करोड १२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा वितरणयोग्य नाफा भने २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने ५ दशमलव ३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५६ करोड ४७ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ४ दशमलव ९९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया