मंगलबार, वैशाख ४, २०८१

शसस्त्र प्रहरीद्वारा नक्कली नोट छाप्दै गरेको अवस्थामा ३ जना पक्राउ

नेपालखोज २०७७ कार्तिक २८ गते १४:४५

काठमाडौं । सिरहा जिल्लाको गोलबजार नगरपालिका-६ स्थित गोलबजारबाट कार्तिक २७ गते बिहिबार एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका ३ जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका-७ बस्ने २४ वर्षिय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका-१२ बस्ने २५ वर्षिय धिरज यादब र २० वर्षिय सन्जे राय रहेको शसत्र प्रहरीले जनाएको छ ।

केही व्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । केही दिन अघि देखि सो ठाँउमा डेरा गरी बसेका उनीहरुलाई त्यसबेला नक्कली नोट छापीरहेको अबस्थामा फेला पारिएको हो ।

एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दै गरेको एक हजार दरकै ५ सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको जानकारी दिएको छ ।

प्रतिक्रिया