प्रधानसेनापति थापाद्वारा दर्ज्यानी चिन्ह प्रदान
नेपालखोज
२०७७ मंसिर ५ गते १४:४०

काठमाडौं । प्रधानसेनापती पुर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । यही मंसिर ३ गते नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति महारथी थापाले आज शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई पूर्वी पृतना हे.क्वा.को पृतनापति तथा उपरथी सहदेव खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका चाअर जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया