अवैध सम्बन्धका कारण श्रीमानले गरे श्रीमतीको हत्या

नेपालखोज २०७७ मंसिर ८ गते ११:१३

झापा । झापाको दमक १ का एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतकी हत्या गरेका छन् ।

दमक १ का चुडामणी भण्डारीले श्रीमती टीकामाया पौडेलको कमल ६ स्थित खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ भण्डारीले अन्दाजी ३५ वर्षीया श्रीमती टीकामायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

अर्कैसँग लागेर आफूले वैदेशिक रोजगारीमा कमाएको पैसा सकाएको आरोपमा उनले श्रीमतको हत्या गरेको उनले प्रारम्भीक बयानमा बताएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया