प्रधानमन्त्रीले गरे घुन्साको सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन
नेपालखोज
२०७७ मंसिर ८ गते १४:२१

ताप्लेजुङ । आज बिहानै ताप्लेजुङ तथा इलामको भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका ६ को घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गरेका छन्।ताप्लेजुङको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।
घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुगेका थिए । भवन उद्घाटनअघि ओली छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङगोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा गएका छन् । उनिहरु आजै काठमाडौं फर्किने तय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया