बैतडीमा जीप दुर्घटना : ५ जनाको मृत्यु, अन्य ४ जना घाइते
नेपालखोज
२०७७ मंसिर ९ गते १५:३३

बैतडी। बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन्। बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा जीपमा सवार पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरु पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो । भने घाइते ४ जनालाई उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-७ का पार्वती चन्द तथा अर्की यात्रु पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन्। दुर्घटनाको कारण यकिन हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित







प्रतिक्रिया