सोमबार, माघ २८, २०८१

मधेश सरकारको ‘भाषा विधेयक’ मा सत्तारुढ सांसदकै विरोध, बैठक स्थगित

नेपालखोज २०८१ माघ १० गते १५:४९

काठमाडाैं । मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको कामकाजीको भाषा विधेयक २०८१ हचुवाको भरमा ल्याएको भन्दै सत्तारुढ दलकै सांसदले समेत विरोध गरेपछि बैठक स्थगित भएकाे छ ।

Advertisement

प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदले नै विरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेकाे हाे । सभामुख मण्डलले बैठक सुरु गरेलगत्तै सांसद भाषा सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने माग गरे ।

बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव पेश गरेकी थिइन् ।

प्रतिक्रिया