बालिका हत्याका आरोपी महोत्तरीका साहविरुद्ध ४ वटा मुद्दा दायर
नेपालखोज
२०७७ मंसिर १३ गते १२:३१

महोत्तरी । बालिका हत्या आरोपमा पक्राउ परेका महोत्तरी गौशाला ५ का २६ वर्षका अरुणकुमार साह विरुद्ध प्रहरीले ४ वटा मुद्दा दायर गरेको छ ।
महोत्तरी बर्दिवासकी ६ वर्षकी बालिकाको हत्या आरोपमा पक्राउ परेका साह विरुद्ध अपहरण, बन्धक, जर्बजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँले बताए ।
बालिका हत्याको विरोधमा महोत्तरीको बर्दिवासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो ।
सम्बन्धित

प्रतिक्रिया